सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस हुँदै


काठमाण्डु  – बलात्कार आरोप लागेका सन्दीप लामिछानेको मुद्दामा आजबाट थुनछेक बहस सुरु हुँदै छ ।

काठमाण्डु  जिल्ला अदालतमा मंगलबार बयान सकिएपछि आजदेखि थुनछेक बहस सुरु हुन लागेको हो । मंगलबार भएको बयानमा सन्दीपले आफूलाई कसैको उक्साहटमा फसाइएको बयान दिएको सन्दीप पक्षका वकिलहरूको भनाइ थियो ।

न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले थुनछेक बहसपछि साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एउटा आदेश गर्नेछ ।

सन्दीपविरुद्ध काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सोमबार १० देखि १२ वर्षसम्म कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो।

प्रहरीले लामिछानेविरूद्ध होटलका सिसिटिभी फुटेज, बयान, अस्पतालको रिपोर्ट लगायतलाई प्रमाणको रूपमा पेश गरेको छ। लामिछानेले इन्कारी बयान दिँदै आएका छन्। सन्दीप गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement