सन्दीप लामिछानेको मुद्धा हेर्दाहेर्दैमा, सोमबारका लागि तोकियो पेशी


काठमाण्डु – नाबालिग बलात्कारकाे अभियोग लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

नाबालिग बलात्कार मुद्दामा उच्च अदालतले धरौटीमा छाडेपछि सन्दीपलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो भने त्यस्तै लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

दुवै मुद्दामा आइतबार न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा सुनुवाइ भएको थियो । इजलासले सन्दीपको मुद्दामा सोमबार लगातार सुनुवाइ हुने गरी पेशी तोकेको छ।

आज लामिछानेका तर्फबाट बरिष्ठ अधिवक्ता शम्भु थापा, कृष्ण सापकोटा, मुरारी सापकोटाले बहस गरेका थिए। महान्यायाधिवक्ताको कार्यालयका तर्फबाटरू सहमहान्यायाधिवक्ता सञ्जीवराज रेग्मीसहित २ जनाले र पीडितका तर्फबाट तीन जना निजी वकिलले बहस गरेका थिए।

लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका छन्। महान्यायाधीवक्ताको कार्यालयले भने सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्नपर्ने भन्दै निवेदन दिएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement