सन्दीपको ३ विकेटसँगै मेलवर्न स्टार्सले सिड्नी सिक्सर्सलाई ९४ रनले हरायो


काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने सहभागी मेलबर्न स्टार्स बिग ब्यास लिगको प्लेअफमा पुगेको छ ।
लिग चरणको अन्तिम खेलमा सिड्नी सिक्सर्सलाई ९४ रनले पराजित गरेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको मेलवर्नले निर्धा्रित ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो । १६९ रनको लक्ष्य पछ्याउने क्रममा सिड्नी ७४ रनमा समेटियो । योसँगै मेलवर्न स्टार्सले चौथोहुँदै सुपर फोरको यात्रा तय गर्न पनि सफल भएको छ । मेलवर्नका लागि नेपालका सन्दीप लामिछानेले टिमको ८ औं ओभरमा व्यक्तिगत पहिलो ओभर लिएर आएका थिए ।

उनले पहिलो ओभरमा टिम कुरनलाई आउट गर्दै टिमलाई छैटौं तथा व्यक्तिगत पहिलो विकेट लिए । पहिलो ओभरमा जम्मा एक रन खर्चिएका सन्दीपले दोस्रो ओभरमा ६ रन दिए । व्यक्तिगत तेस्रो ओभर बलिङ टिमको १२ ओभरमा गरेका थिए । जसमा उनले बेन डेरसिसलाई म्याक्सवेलको हातबाट क्याच आउट गराए ।

आफ्नो स्पेलको अन्तिम ओभर उनले १४ ओभरमा गरेका थिए । तर उनले पुरै ओभर बलिङ गर्न पाएनन् । १४ औं ओभरको चौथो बलमा लियोड पोपे आउट भएपछि सिड्नी ७४ रनमा समेटिन पुग्यो । सन्दीपले आज महत्वपूर्ण तीन विकेट लिँदा ११ रन खर्चिए । उनी आज सबैभन्दा कम इकोनोमी रेटमा विकेट लिने खेलाडी बने ।

प्रतिक्रिया दिनुहोस
Advertisement