सन्दीपलाई विदेश जान सर्वोच्चले दिएन अनुमति


काठमाण्डु – सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिन अस्विकार गरेकाे छ ।

सर्वोच्च अदालतका न्याायधीश ईश्वर खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै आइतबार पुन: सुनुवाइ हुने गरि आदेश दिएको हाे।

जबरजस्ती करणीको मुद्दामा यसअघि उच्च अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएपनि विदेश जान भने प्रतिबन्ध लगाएको थियो। त्यसविरुद्ध सन्दीपले सर्वोच्चमा निवेदन दिउका थिए। तर उनको अपिल अनुसार आदेश नहुने सर्वोच्चको आदेश छ।

यससँगै सर्वोच्चले उच्च अदालतको पुस २८ गतेको आदेशविरुद्ध परेको रिट निवेदन पनि एकसाथ आइतवार पेश गर्न न्यायाधीश खतिवडाले आदेश दिएका छन्।

सर्वोच्चको यो आदेशपछि सन्दीप नेपाली क्रिकेट टोलीसँग शनिबार युएई जान नपाउने भएका छन्। यदि आइतवार उनको पक्षमा आदेश आएमा बाँकी खेलका लागि उनलाई युएई लाने क्यानको तयारी छ।

प्रतिक्रिया दिनुहोस
Advertisement