सानेपाका इन्सपेक्टरको सक्रियता: एकान्तकुनाबाट चोरीको सामान र लागुऔषधसहित २ जना पक्राउ


काठमाडौं-  प्रहरीले चोरीको सामान र लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा एकान्तकुना बस्ने वर्ष ३९ को पेम्बा छिरिङ लामा र झम्सीखेल बस्ने वर्ष २८ को पुनित लामा रहेका छन् । 

महानगरीय प्रहरी प्रभाग सानेपाका प्रमुख (इन्सपेक्टर) हिक्मत बहादुर थापाको कमाण्डमा खटिएको टोलीले स्टिङ अपरेशनको क्रममा लागुऔषध र चोरीको सामानसहित उनीहरुलाई एकान्तकुनाबाट पक्राउ गरेको हो ।  

पक्राउ परेका उनीहरुको साथबाट १३ थान मोबाइल, १ थान धारिलो चक्कु, ५० एम्पल लागुऔषध, १ थान ट्याब्लेट, १५ हजार नगद, १ थान क्यामेरा र ३ वटा मोबाइलको ब्याट्री बरामद गरिएको इन्सपेक्टर थापाले बताए । 

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि तालुक पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement