बलिउड अभिनेता सन्नी देवल भाजपा प्रवेश


दिल्ली – बलिउड अभिनेता सन्नी देवल भाजपा प्रवेश गरेका छन् । योसँगै सन्नी देवल पनि राजनीतिमा आउने भएका छन् । दिल्लीमा आयोजिक एक कार्यक्रममा संघीय मन्त्री निर्मला सीतारमन र पियूष गोयलले उनलाई पार्टीमा भित्र्याएका थिए । उनलाई भाजपाले पञ्जाबको गुर्दासपुर निर्वाचन क्षेत्रबाट चुनाव लडाउने सम्भावना छ । भाजपाले पञ्जाब–अमृतसर, गुर्दासपुर र होसियारपुरमा उम्मेदवार घोषणा गरेको छैन ।

केहि दिन पहिले भाजपा अध्यक्ष अमित शाह सनी देवललाई मनाउन उनको निवास पुगेका थिए । अमृतसर लोकसभा सीटबाट कुनै वजनदार उम्मेदवारलाई मैदानमा उतार्न भाजपाको तयारी छ ।

अमृतसरको लागि भाजपा र शाह कुनै कसर बाकी राख्न नचहाने बताउदै आएका छन् । भाजपा जुनसुकै हालतमा सनीलाई अमृतसरबाट उम्मेदवार बनाउने प्रयासमा छ । यसभन्दा पहिले भाजपाका बरिष्ठ नेताहरुको कयौ पटक सनी देवलसँग कुराकानी भएको थियो । सो समय सनी तत्काल राजनीतिमा आउन तयार भएका थिएनन् । त्यसपछि अमित शाह उनलाई मनाउन पुगेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement