संघियता कम्युनिष्टहरुले चाहेको ब्यबस्था होइन् – बिमलेन्द्र निधी


धनगढी – नेपाली कांग्रेसका उपसभापती बिमलेन्द्र निधीले संघियता कम्युनिष्टहरुले चाहेको ब्यबस्था नभएको बताएका छन् । प्रेस युनियन कैलालीले आयोजना गरेको कार्यक्रममा बोल्दै निधीले यस्तो बताएका हुन् ।

“प्रदेश देखी केन्द्र सम्म कम्युनिष्टहरुको सरकार छ“, नेता निधीले भने  “काम केही भएको छैन ,सामान्य अबस्थामा हुनुपर्ने काम पनि गर्न सकेको छैन“।उनले कम्युनिष्ट सरकारका कारण संबिधान र संघियता खतरामा पर्ने सम्भाबना रहेको बताए ।

नेता निधीले कांग्रेस भित्रको बिबाद सामान्य रहेको बताए । उनले भने ’लोकतान्त्रिक पार्टी भित्र हुने बिबाद सामान्य रहेको हो , यो बिबादले अरु कसैलाई साम्यबाद ल्याउन फाईदा हुंदैन’। निधीले संघियतालाई केन्द्र सरकारले अझै स्वीकार नगरेको आरोप लगाए ।

“प्रदेशको आफ्नो प्रहरी ,आफ्नो कर्मचारी हुनुपर्छ, केन्द्रले यहांको प्रहरी प्रशासन चलाउने होइन,“ उपसभापती निधीले भने “संघिय सिद्दान्त अनुसार हरेको प्रदेशको आफ्नो प्रहरी ,आफ्नो कर्मचारी, आफ्नो अदालत हुनु पर्दछ“ । उनले प्रदेशलाई अधिकार दिन केन्द्र पनि तयार नभएको र केन्द्र संघ अधिकार माग्न प्रदेश पनि तयार नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement