कुपण्डोलमा सानिमा बैंकको शाखा विस्तार


काठमाण्डु – सानिमा बैंकले ललितपूरको कुपण्डोलमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखाको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले गरेका हुन् ।

समुद्घाटन् समारोहमा मह जोडीले कुपण्डोलमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनिविश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालद्वारा बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

सानिमा बंैकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १५विस्तारित काउन्टरर ८५ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement