सञ्जय दत्तलाई फोक्सोको क्यान्सर, अमेरिका जाने तयारी


एजेन्सी – भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । उनी तेस्रो तहको क्यान्सरसँग जुधिरहेका छन् र

स्रोतकाअनुसार उनी उपचारका लागि अमेरिका जाने तयारी गरिरहेका छन् । तर, सञ्जयले यस विषयमा बोलेका छैनन् ।

छातीको दुखाई र सास लिन गाह्रो भएपछि उनले अगस्टमा मुम्बईको लिलावती अस्पतालमा भर्ना भएका थिए । कोरोनाको आशंका गरिए पनि उनको रिपोर्ट नेगेटिभ आएको छ ।

दुई दिन अस्पताल बसेर अहिले उनी डिस्चार्ज भएका छन् । डिस्चार्ज भए पनि उनले आफूलाई असहज महसुस भएकाले मेडिकल ट्रिटमेन्टको आवश्यकता रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement