३३ किलो सुन प्रकरण: डिएसपी राउतलाई पक्राउ गर्न ७७ जिल्लाका प्रहरीलाई निर्देशन


काठमाडाैँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रूपमा बाहिरिएको ३३ किलो सुन प्रकरण अनुसन्धानका लागि डिएसपी सञ्जय राउतलाई खोज्न सातै प्रदेश र ७७ जिल्लाका प्रहरी कार्यालयलाई सर्कुलर गरेको छ । सरकारले गठन गरेको छानबिन समितिको निर्देशनमा सर्कुलर जारी गरेको हाे ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार बुधबार गृहमन्त्रालयमा राउतलाई बयानको लागि बोलाएको थियो । तर, बयान दिदै उनी एकाएक सम्पर्कविहिन भएका थिए । डिएसपि राउत इलाका प्रहरी कार्यलय इटहरीमा कार्यरत थिए । बुधबार समितिले एसपी बिकासराज खनाललाईसमेत पक्राउ गरेको थियो ।

३३ किलो सुन तस्करी भएको आशंकामा समितिले अहिलेसम्म २० र जिल्ला प्रहरी कार्यालय मोरङले ५ जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ । पक्राउ परेकामा प्रहरीका दुई बहालवाला र एक पूर्वअधिकारीसमेत छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement