कीर्तिमानी भारत्तोलन खेलाडी सञ्जु चौधरी मृत फेला


काठमाण्डु – भारोत्तोलनकी कीर्तिमानी खेलाडी सन्जु चौधरी मृत भेटिएकी छन् । उनी ललितपुरको लुभुस्थित भारत्तोलन प्रशिक्षक सन्जय महर्जनको घरमा सलले पासो लागेको अवस्थामा मृत फेला परेकी हुन् ।

नेपालगञ्ज निवासी सन्जु काठमाण्डुस्थित आफन्तकोमा बस्दै आएकी थिइन् । तर, उनी एसियाली खेलकुदको तयारीका लागि केहि दिनदेखि प्रशिक्षक महर्जनको घरमा बस्दै आएकी थिइन् । उनी आज बिहान मृत भेटिएकी भारत्तोलन संघका अध्यक्ष राम श्रेष्ठले पुष्टि गरे ।

सन्जु दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला भारत्तोलन खेलाडी हुन्। उनले १३ औं सागमा उक्त सफलता हात पारेकी थिइन् । घटनाको पूरा विवरण खुल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement