सस्तो लोकप्रियताले देश बन्दैन : शंकर पोखरेल

सस्तो लोकप्रियताले देश बन्दैन : शंकर पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको वर्तमान संकटको समाधान सस्तो लोकप्रियतावाद (पपुलिजम) वा क्षणिक उत्तेजनाबाट सम्भव नहुने बताएका छन्।

सोमबार सामाजिक सञ्जाल लेख्दै उनले देश रूपान्तरणका लागि वैचारिक स्पष्टता, स्पष्ट गन्तव्य तथा राजनीतिक इमानदारी अपरिहार्य रहेको बताएका हुन्।

उनका अनुसार आफ्नै आचरण र व्यवहार सुधार्न नसकेको नेतृत्वबाट राजनीतिक सुधार र सुशासनको अपेक्षा गर्नु गलत साबित भएको छ। नेपाली समाजले यो यथार्थ बिस्तारै महसुस गर्न थालेको उनको भनाइ छ।

‘चर्का भाषण र सस्तो लोकप्रियताको भरमा देश बदल्ने दाबी गर्नेहरूको कार्यशैली पूर्णतः विरोधाभासपूर्ण देखिएपछि उनीहरूबाट देश रूपान्तरण सम्भव छैन भन्ने कटु यथार्थ आज छर्लङ्ग भइसकेको छ,’ उनले लेखेका छन्।

उनले यस्ता प्रवृत्तिबाट देश रूपान्तरण सम्भव नहुने कटु यथार्थ अहिले स्पष्ट भइसकेको उल्लेख गरेका छन्।

पोखरेलले दीर्घकालीन परिवर्तनका लागि जिम्मेवार नेतृत्व, स्पष्ट विचार र इमानदार राजनीतिक अभ्यास आवश्यक रहेकोमा जोड दिएका छन्।