काठमाण्डु – प्रतिनिधिसभाको बैठकमा सांसदहरूले भारत–पाकिस्तानबिच भइरहेको युद्धका विषयमा आ–आफ्नो धारणा राखेका छन् ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा सांसदहरू रामहरि खतिवडा, मिना तामाङ र मुक्ताकुमारी यादवले भारत–पाकिस्तानबीच जारी तनावको प्रभाव नेपालमा पर्न सक्ने भन्दै बेलैमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए । उनीहरू दुई छिमेकी देशबीच जारी युद्धको विषयमा नेपाल सरकारको धारणा के हो भन्ने माग पनि गरे ।
माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले भारत र पाकिस्तानको विवाद बारेमा नेपाल सरकारको आधिकारिक धारणा माग गरे । उनले यसबारे सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताए । ‘पछिल्लो समय भारत र पाकिस्ताबीच उत्पन्न विवादको बारेमा नेपाल सरकारको आधिकारिक धारणा के हो ? माग गर्दछु,’ उनले भने ।
माओवादी केन्द्रकी सांसद मिना तामाङले पाकिस्तान र भारत सीमा कश्मीरमा भएको दुई देशीय सांगातिक हमलाले मानवीय क्षति र आतंक फैलिएको बताएकी छन् । उनले कारण पाकिस्तानले लक्षित गरेको भारतीय सहरमा काम गर्न गएका नेपालीहरु उक्त घटनामा पर्न सक्ने भएकाले उनीहरुको संरक्षण र उदारबारे सरकारको ध्यानार्कषण गरान् ।
सांसद तामाङले दुई देशबीचको लडाइमा गोर्खाली सेना प्रयोग नगर्न भारत सरकारसमक्ष गम्भीर छलफल र निकासबारे पहल गर्न सरकारको ध्यानाकर्षण गराइन्।
सांसद मुक्ताकुमारी यादवले दुई देशबिच भइरहेको गोलाबारीमा त्यहाँ रहेका नेपालीहरू पर्न सक्ने भन्दै त्यसबारे सरकारको ध्यानाकर्षण गराइन् । त्यहाँ रहेका नेपालीलाई सुरक्षित स्थानमा ल्याउने वातावरण निर्माण गर्न कूटनीतिक पहल गर्न पनि उनले सरकारसँग आग्रह गरिन् । ‘भारत–पाकिस्तानबिच अहिले गोलाबारी चलिरहेको छ । त्यहाँ नेपालीहरू विभिन्न काममा गएर बसिरहेका छन् । उनीहरूलाई सुरक्षित स्थानमा ल्याउनेबारे सरकारले हिल गरोस्,’ सांसद यादवले भनिन् ।
प्रतिक्रिया