काठमाण्डु – विपक्षी दलहरूले विरोध गरेपछि प्रतिनिधिसभाको बैठक आधा घन्टाको लागि स्थगित भएको छ।
बैठक सुरू हुने बित्तिकै भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै उनीहरूले संसदको कामकारवाहीलाई अघि बढाउन नदिएपछि सभामुखले बैठक ३० मिनेटका लागि स्थगित गरेका हुन्।
बैठक सुरू हुनेवित्तिकै विपक्षी सांसदहरूले अवरोध गरेका थिए भने सभामुखले गृहमन्त्रीले बोल्न समय माग गरेको कुरा राखेका थिए।
विपक्षी दलका सांसदहरूले निरन्तर विरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घन्टाका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन्। सभामुख देवराज घिमिरेले गृहमन्त्रीलाई बोल्न वातावरण बनाइदिन आग्रह गरेका थिए। तर,पनि उनीहरूले आफ्नो अडान छोडेनन्।
मंगलबार पनि सोही विषयलाई लिएर विपक्षी दलहरूले अवरोध गरेपछि आज बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको थियो।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री राजीनामाका साथै अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोगको माग गर्दै प्रतिपक्षी दलहरूले संसद् बैठक अवरुद्ध गरेका हुन् ।
आफूहरुको माग पुरा नभएसम्म सदन चल्न नदिने अडान प्रतिपक्षीले राखेको छ ।
प्रतिक्रिया