भिजिट भिसा प्रकरण : रास्वपा र राप्रपाले गरे सदन अवरोध

भिजिट भिसा प्रकरण : रास्वपा र राप्रपाले गरे सदन अवरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाण्डु शुक्रबार पनि भिजिट भिसा प्रकरणको छानबिनको माग गर्दै रास्वपा र राप्रपाले प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् ।

तीन दलबीच २ बुँदे सहमति भएर सदन चलेपछि रास्वपा र राप्रपाले असन्तुष्टि जनाउँदै सदन अवरुद्ध गरेका हुन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संयुक्त रुपमा सदन अवरोध गरिरहेका थिए ।

सभामुखले विपक्षी दलका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए । रास्वपा र राप्रपाका सांसदहरूको अवरोधकै विचमा पाण्डेले आाफ्ना भनाई राखेका छन् ।

यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले आफ्ना भनाई राखिसकेपछि नारावाजी गरिरहेका छन् ।