निजामती विधेयक हेरफेरमा छानबिन गर्न ७ सदस्यीय विशेष समिति बन्ने

निजामती विधेयक हेरफेरमा छानबिन गर्न ७ सदस्यीय विशेष समिति बन्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संघीय निजामती विधेयकको ‘कुलिङ पिरियड’माथि भएको हेरफेर प्रकरणमा छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने भएको छ ।

सभामुख देवराज घिमिरेसहित विभिन्न दलका नेताहरूबीच शनिबार भएको छलफलपछि छानबिन समिति बनाउने निर्णय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

संसदीय समितिबाट पारित भएको प्रावधानलाई हेरफेर गरेर विधेयक संसद्बाट पारित गराइएको खुलेपछि सर्वत्र विरोध भएको छ ।