संसद पुस्तकालयमा ४० हजार पुस्तक, छिर्दैनन् सांसद


काठमाडौं – संघीय संसद प्रारम्भ भएको डेढ वर्ष पुगिसकेको छ। तर, शीर्ष नेता भने संसदका पुस्तकालयमा एकपटक पनि पुगेका छैनन्। पटकपटक पुस्तकालय जाने र अध्ययन गर्नेमा पूर्वमन्त्रीद्वय अग्नि सापकोटा र दीनानाथ शर्मा मात्रै छन्।

त्यसबाहेक कुनै पनि राजनीतिक दलका शीर्ष नेता पुस्तकालय गएको रेकर्ड सचिवालयमा छैन। ४० हजार पुस्तक भएको लाइब्रेरीबाट सांसदहरुले कति पुस्तक पढ्न लगेका छन् भन्ने तथ्यांकसमेत छैन। तर, डेढ सयजति पुस्तक मात्रै पढ्न लगेको मोटामोटी तथ्यांक छ।

२७५ सदस्यीय प्रतिनिधिसभाका १० र ५९ सदस्यीय राष्ट्रियसभाका १७ सांसद मात्रै पुस्तकालय पुगेको रेकर्ड रहेको छ। संसद पुस्तकालयमा बसेर पढ्ने ठाउँसमेत पर्याप्त छैन। उपयुक्त पुस्तक अभाव र पुस्तकालयमा बस्ने ठाउँको अभावका कारण नगएको सांसदहरु बताउँछन्। यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement