भिजिट भिसा प्रकरणले स्थगित हुँदै आएको संसद बैठक आज बस्दै

भिजिट भिसा प्रकरणले स्थगित हुँदै आएको संसद बैठक आज बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्दैछ ।

‘भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएको संसद् बैठक बस्न लागेको हो । जेठ १३ गतेदेखि प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ। दलहरूबीच पटक–पटक छलफल भए पनि सहमति जुट्न सकेको छैन।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२–८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र छलफल हुने सम्भावित कार्यसूची छ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेस गर्ने कार्यसूची छ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रहरूबारे जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रमुख विपक्षीसहितका प्रतिपक्षी दलको निरन्तर अवरोधले संसद् बैठक पछिल्ला दिनहरूमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन।