काठमाण्डु- रास्वपा र राप्रपाले शुक्रबार पनि प्रतिनिधि सभाको बैठक अवरोध गरेका छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको अडान कायमै राख्दै दुबै पार्टीका संसादहरूले सदन अवरोध गरेका हुन्।
सभामुखले बैठक सुरु गर्नासाथ उठेर विरोध जनाएका छन्।
सभामुख देवराज घिमिरेले संसद बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा सांसदहरु आआफ्नो ठाउँबाट उठेर बैठक अवरुद्ध गरेका हुन् ।
लगत्तै सभामुखले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी गराएका छन् । विरोधमा रास्वपाका सांसदहरू कालो पोशाक र नीलो रिबन लगाएका छन् ।
सभामुखले रास्वपा सांसदलाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध नगर्न आग्रह गरेका थिए ।
सभामुखको आग्रहलाई रास्वपाले अस्वीकार गर्दै आफ्नो विरोध जारी राखेका छन् ।
प्रतिक्रिया