पहिलोपटक सूचना टाँसेर स्थगित भयो संसद् बैठक

पहिलोपटक सूचना टाँसेर स्थगित भयो संसद् बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित भएको छ ।

संघीय संसदका महासचिव पदमप्रसाद पाण्डेयले सूचना टाँस गरी सोमबारको बैठक स्थगन गरेका हुन् ।


‘नेपालले पनि भारतीय सीमा मिचेको’ भन्ने अभिव्यक्ति दिएका प्रधानमन्त्री बालेन्द्र शाहले त्यसलाई पुष्टि गर्नुपर्ने वा माफी माग्नुपर्ने सर्त राखेर विपक्षीले बैठक अवरुद्ध गरेका थिए ।

त्यसपछि सभामुख अर्यालले सोमबारै १५ मिनेटपछि बस्ने गरी बैठक स्थगन गरेका थिए । सत्तापक्ष र प्रतिपक्षबीच सदनको अत्यावरोध अन्त्य गर्नेबारे छलफल भए पनि ठोस सहमति नभएपछि सूचना टाँसेर बैठक स्थगन गरिएको हो ।


सूचनामा सभामुख अर्यालले अर्को बैठक मंगलबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेको उल्लेख छ ।

२१ फागुनमा निर्वाचन भएर नयाँ संसदले काम थालेपछि सूचना टाँसेर बैठक स्थगन गरिएको यो पहिलोपटक हो ।

यसअघि भने संघीय संसदका दुवै सदनमा उक्त अभ्यास थियो ।


सोमबारको बैठकमा पनि विपक्षी दलका सांसदले प्रधानमन्त्री शाहले सीमा विवादबारे दिएको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउनुपर्ने वा उनले सदनमा उपस्थित भएर माफी माग्नुपर्ने अडान राखे ।


त्यसअघि सरकार नेतृत्वकर्ता रास्वपा सभापति रवि लामिछानेको आफ्नो आह्वानमा सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले सदनमा स्पष्टीकरण दिने बताएका थिए ।

तर, विपक्षीले प्रधानमन्त्रीको अभिव्यक्तिको जवाफ अरुले दिएर नहुने अडान लिए ।