१५ दिनपछि प्रतिनिधि सभा बैठक बस्दै

१५ दिनपछि प्रतिनिधि सभा बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संघीय संसद्, प्रतिनिधि सभाको बैठक बिहीबार बस्दैछ। संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ।

बैठक १५ दिनपछि बस्न लागेको हो । यसअघि बैठक असार ३१ गते बसेर १५ दिनका लागि स्थगित गरिएको थियो ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यस्तै, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका पूर्वसदस्य एवम् संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनका शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। बैठकमा सङ्घीयतामा विधायिकी अन्तरसम्बन्धः नेपालमा अभ्यास, आवश्यकता र चुनौती विषयमा अभिमुखीकरण हुनेछ।