सांसदले उठाएको विषयमा जवाफ दिन सभामुखबाट ‘रुलिङ’


काठमाडौँ – सभामुख कृष्णबहादुर महराले संसद्को विशेष र शून्य समयमा सांसदहरुले उठाएका प्रश्नको विषयमा जवाफ दिन सरकारलाई ‘रुलिङ’ गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख महराले नियमावलीमा रहेको व्यवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।सांसदहरुले आफूहरुले सदनमा उठाएका सवाललाई सरकार र सम्बन्धित मन्त्रालयले वेवास्ता गरेको भन्दै सरकारको आलोचना गर्दै आएका थिए ।

सोमबार शुन्य र विशेष समयमा सांसदहरुले बोल्ने क्रम सकिएपछि सभामुख महराले सांसदहरुले उठाएका महत्वपुर्ण विषयको जवाफ दिन रुलिङ गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement