प्रतिनिधिसभा बैठकमा समयमै उपस्थित हुन सरकारलाई सभामुखको रुलिङ 


काठमाडौं – सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सरकारलाई रुलिङ गरेका छन् ।

मन्त्रीको अनुपस्थितिका कारण आइतबारको बैठक १५ मिनेट स्थगित भएपछि सभामुखले प्रतिनिधिसभा सञ्चालन नियमावलीले गरेको व्यवस्था अनुसार बैठकमा उपस्थित हुन सरकारको ध्यान आकर्षण गराएका हुन् ।

विनियोजन विधेयक, २०७५ अन्तर्गत बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, शहरी विकासमन्त्री मोहमदस्तिका राई र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत उपस्थित थिएनन् ।

नियमावलीको नियम ५६ ले बैठक सञ्चालनका लागि सरकारका मन्त्रीको अनिवार्य उपस्थिति र विषयगत छलफलमा विभागीय मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था गरेको तर्फ सरकारको ध्यानाकर्षण गराउदै सभामुखले आगामी दिनमा यस्तो गल्ती नदोहोर्याउन सचेत गराए ।

प्रतिक्रिया दिनुहोस
Advertisement