काठमाण्डु– संघीय संसद् सचिवालय कर्मचारी युनियन खारेज भएको छ । सरकारले केही नेपाल ऐन संशोधन अध्यादेशमार्फत संसद् सचिवालयमा कर्मचारी युनियन खारेज गरेको हो ।
यसलाई खारेज गरेर कर्मचारीको गुनासो सुनुवाइको व्यवस्था राखिएको छ ।
संघीय संसद् सचिवालय सम्बन्धी ऐन २०६४ को दफा ७३ मा कर्मचारी युनियनसम्बन्धी व्यवस्थामा मर्यादापालक बाहेकका सचिवालयमा कार्यरत राजपत्राङ्कित तृतीय श्रेणी वा सो भन्दा मुनिका कर्मचारीहरूले आफ्नो पेशागत हक हितको लागि एउटा कर्मचारी युनियन गठन गर्न सक्ने’ भनिएको छ ।
अध्यादेशअनुसार कर्मचारीले राजनीतिक र संगठित गतिविधि गर्न पाउने छैनन् ।




प्रतिक्रिया