संसदीय सुनुवाइ समितिबाट चारै जना राजदूतको नाम अनुमोदन


काठमाडौं – आइतबार बसेको समितिको बैठकले प्रस्तावित राजदुतहरुको नाम संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेको छ।

भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि अञ्जान शाक्य र संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकालको नाम सर्वसम्मत निर्णयबाट समितिले अनुमोदन गरेको संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।

सुनुवाइ समितिले आइतबार बिहान ११ बजे देखि बेलुका ६ बजेसम्म प्रस्तावित चारै जना राजदूतहरुको पालैपालो सुनुवाइ गरेको थियो। सरकारले सिफारिस गरी पठाएका चारै जनालाई सुनुवाई समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस
Advertisement