संसदीय सुनुवाई समितिमा १२ जनाको नाम स्वीकृत (नामावलीसहित)


काठमाडौं – प्रतिनिधिसभाले संसदीय सुनुवाई विशेष समितिमा रहने १२ जना सदस्यको नाम सवीकृत गरेको छ ।सभामुख कृष्णबहादुर महराले सोमबारको प्रतिनिधि बैठकमा संसदीय सुनुवाई समितिमा रहेका सांसदहरुको नामावली पढेर सार्वजनिक गरेका हुन्।

संसदीय सुनुवाइ समितिमा नेपाल कम्युनिष्ट पार्टीबाट ७ जना रहेका छन् । त्यस्तै नेपाली कांग्रेसबाट ३ जना, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालबाट १-१ जना रहेका छन् । संसदीय सुनुवाई समिति १५ सदस्यीय हुने व्यवस्था छ । जसमा राष्ट्रिय सभाबाट ३ जना रहनेछन् ।

 नामावली:

प्रतिनिधि सभाबाट

१. अमृता थापा (नेकपा)

२. निरूदेवी पाल (नेकपा)

३. पार्वत गुरूङ (नेकपा)

४. पूर्णकुमारी सुवेदी (नेकपा)

५. योगेशकुमार भट्टराई (नेकपा)

६. शिवकुमार मण्डल केबट (नेकपा)

७. सुरेन्द्रप्रसाद पाण्डे (नेकपा)

८. ज्ञानेन्द्रबहादुर कार्की (नेका)

९. भिमसेनदास प्रधान (नेका)

१०. पुष्पा भुसाल गौतम (नेका)

११. लक्ष्मणलाल कर्ण (राजपा)

१२. राजेन्द्रप्रसाद श्रेष्ठ (संघीय समाजवादी फोरम)

राष्ट्रिय सभाबाट

१. सुमन प्याकुरेल (नेकपा)

२. नन्दा चपाइँ (नेकपा)

३. जीतेन्द्र नारायण देव (नेका)

प्रतिक्रिया दिनुहोस
Advertisement