पत्रपत्रिका

संसद्का कर्मचारी पनि प्रदेश र स्थानीय तहमा

काठमाडौं – संघीय संसद् सचिवालयमा कार्यरत कर्मचारी पनि प्रदेश र स्थानीय तहमा गएका छन् । समायोजन फारम भरेका कर्मचारीलाई सचिवायलले ती ठाउँमा सरुवा गरिदिएको हो । संसद् सचिवालयका ३५ जना कर्मचारी समायोजन भएर आफूले चाहेको कार्यालयमा पुगिसकेका छन् । जसमध्ये १० जना उपसचिव र २४ जना शाखा अधिकृत रहेका छन् ।

Dish Home

गण्डकी प्रदेशमा समायोजन हुनुभएका उपसचिव दीपकप्रकाश आचार्य भने कार्यालय गइसक्नुभएको छैन । संसद् सचिवालयका कर्मचारीलाई पनि निजामती कर्मचारीसरह मानेर समायोजन गर्ने व्यवस्था सुरु भएपछि कर्मचारी प्रदेश कार्यालयतर्फ गएका हुन् ।

अर्को चरणमा १४ जना कर्मचारीहरु समायोजन हुँदैछन् । जसमा शाखा अधिकृत र उपसचिव रहेका छन् ।उपसचिवहरु रुपेश शाह र रञ्जित यादव २ नम्बर प्रदेशमा, मदन पोखरेल, डिल्लीराम रिज्याल, नेत्रप्रसाद भट्टराई र भोला दाहाल ३ नम्बरमा, केशव अर्याल र हरिहर पोख्रेल ५ नम्बर प्रदेशमा, नेत्रबहादुर कार्की कर्णाली प्रदेशमा, सहजित राई ललितपुर महानगरपालिकामा, दिनेशप्रकाश आचार्य गण्डकी प्रदेशमा समायोजन हुनुभएको छ । १ नम्बर र सुदूरपश्चिम प्रदेशमा भने उपसचिव गएका छैनन् । संघीय संसद् सचिवालयमा ४ सय ३५ दरबन्दी रहेको छ ।यो समाचार आजको समाचारपत्रमा छ ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Prabhu Bank
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Salt Trading
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top