काठमाण्डु– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तका लागि सिफारिसहरूको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।
बुधबार बसेको समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा गुरु वाग्ले र डा राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।
आयुक्तद्वय वाग्ले र डा. सुब्बाले मङ्गलबार र प्रमुख आयुक्त कार्कीले बुधबार समितिसमक्ष कार्ययोजना प्रस्तुत गर्दै सांसदहरूले सोधेका प्रश्नको जवाफ दिएका थिए ।
संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएसँगै अब नियुक्तिको प्रक्रिया अघि बढ्नेछ । समितिको निर्णय सङ्घीय संसद् सचिवालयमार्फत राष्ट्रपति कार्यालय पठाइनेछ ।
त्यसपछि राष्ट्रपतिले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराई निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त पदमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।




प्रतिक्रिया