सेफ सन्तोषकुमार साहले आफूविरुद्धको मुद्दा २ करोड २५ लाख रुपैयाँको रेस्टुरेन्ट खरिद विवाद नभई ४ लाख ५० हजार रुपैयाँको चेकसँग सम्बन्धित रहेको बताएका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार शकुन्तला अधिकारी थापाको जाहेरीका आधारमा साहलाई जनकपुरबाट पक्राउ गरेको थियो।
प्रहरीका अनुसार गौरीधारास्थित रेस्टुरेन्ट खरिद गर्दा सहमति अनुसारको रकम नतिरेको र केही चेक सटही नभएको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ।
साहले पक्राउ प्रक्रिया, सामाजिक सञ्जालमा भाइरल भएको भिडियो र आफूलाई ‘फ्रेम’ गरिएको भन्दै असन्तुष्टि जनाउँदै भिडियो क्लिपलाई लिएर आपत्ति जनाएका थिए।
साहले करिब तीन घण्टाको छलफलको क्रममा अर्को पक्षले दुर्व्यवहार गरेको र आफूमाथि थुकेको आरोप लगाउँदै आफ्नो आक्रोश देखिएको केही सेकेन्ड मात्र काटेर सार्वजनिक गरिएको दाबी गरेका छन्।




प्रतिक्रिया