प्रस्तावित प्रधान्यायाधीशविरुद्धका सबै निवेदन दर्ता गर्न आदेश

प्रस्तावित प्रधान्यायाधीशविरुद्धका सबै निवेदन दर्ता गर्न आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले प्रस्तावित प्रधान्यायाधीश मनोज शर्माविरुद्धका सबै निवेदन दर्ता गर्न आदेश दिएकी छन्।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेका निवेदन सर्वोच्च प्रशासनले सुरुमा दरपिठ गरेको थियो।

दरपिठविरुद्ध दिएका निवेदन होल्ड गरेर राखिएपछि सोमबार १ बजेभित्रमा दर्ता गरी त्यसको जानकारी आफूलाई दिन मल्लले सर्वोच्चका मुख्य रजिष्ट्रारका नाममा आदेश दिएकी हुन्।

कानुन व्यवसायीहरूले दर्ता गर्न ल्याएको रिट दरपीठ गरेको र दरपीठविरुद्ध रिट दर्ता गर्न खोज्दा पनि नगरेको कानुन व्यसायीको गुनासोपछि कामु प्रधानन्यायाधीश मल्लले रिट दर्ता गर्न आदेश दिएकी हुन् ।

मल्लको लिखित आदेशमा भनिएको छ, ‘कानुनले तोकेको विधि र प्रक्रिया बमोजिम अदालतमा दर्ता हुन आएको निवेदनलाई रोक्नु न्यायप्राप्तिको बाटोको अवरोध र अदालतका जनआस्थामाथिको अविश्वास बढाउने व्यवहार एवं प्रयास हुने देखिन्छ ।’

त्रिपाठी लगायतका निवेदकले सर्वोच्चको प्रधानन्यायाधीश सिफारिस बदर गर्न माग गर्दै रिट दायर गरेका थिए। तर प्रस्तावित प्रधानन्यायाधीशकै दबाबमा ती निवेदन न्यायीक प्रक्रियामा अगाडि नबढाएको भन्दै नेपाल बार एसोसियसन लगायतले पनि आपत्ति जनाएका थिए।