राष्ट्रियसभा सदस्यको शपथग्रहण फागुन २१ गते हुने

राष्ट्रियसभा सदस्यको शपथग्रहण फागुन २१ गते हुने


काठमाण्डु – राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यहरूको शपथग्रहण कार्यक्रम फागुन २१ गते हुने भएको छ ।

गत माघ ११ गते भएको राष्ट्रियसभा निर्वाचनबाट निर्वाचित भएका सदस्यहरूका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरको ल्होत्से हलमा शपथ कार्यक्रम राखिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६८ को उपदफा ९२० अनुसार मातृभाषामा शपथ लिन चाहेमा शपथको व्यहोरा मातृभाषामा अनुवाद गरी सोको १ प्रतिसहित संघीय संसद् सचिवालयमा निवेदन दिन भनिएको छ ।