नवनियुक्त मन्त्रीहरुले लिए शपथ


काठमाण्डु- नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधवार नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शितल निवासमा आयोजति समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधवार मन्त्रिपरिषद विस्तार गरेका थिए । बुधबार नियुक्त हुने मन्त्रीहरुमा एमालेका ८, माओवादीका ५, रास्वपामा ४ र नेकपा एसका २ जना छन् । यसअघि सोमबार एमाले, माओवादी र रास्वपाका एक-एक मन्त्रीले शपथ लिएका थिए ।

एमालेका रघुवीर महासेठले प्रधानमन्त्रीपछिको वरीयता क्रममा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीको शपथ लिएका छन् । उनी एमालेको नेतृत्व गर्दै सरकारमा सहभागी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement