काठमाण्डु – नवनियुक्त ३ जना प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
बिहीबार राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले तीनै जना प्रदेश प्रमुखलाई शपथ गराएका छन् ।
बागमती प्रदेशमा कैलालीका दीपकप्रसाद देवकोटा, लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा बझाङका यज्ञराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गरिएको थियो ।
शपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष लगायत विशिष्ट अधिकारीको उपस्थिति थियो ।
प्रतिक्रिया