नवनियुक्त मन्त्री न्यौपानेद्वारा शपथ ग्रहण

नवनियुक्त मन्त्री न्यौपानेद्वारा शपथ ग्रहण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् ।

बुधबार शीतलनिवासमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलबाट न्यौपानेले शपथ ग्रहण गरेकी हुन् ।

घुस सम्बन्धी कुराकानी गरेको अडियो प्रकरण सार्वजनिक भएपछि प्रधानमन्त्रीको निर्देशनमा राजकुमार गुप्ताले राजीनामा दिएपछि मन्त्री पद रिक्त भएको थियो । रिक्त मन्त्री पदमा मंगलबार न्यौपानेलाई नियुक्त गरिएको थियो ।