प्रचण्डका घरबेटी सारदाप्रसादको शैलुङ कन्स्ट्रक्सन तीन वर्षका लागि कालोसूचीमा


काठमाण्डु – सरकारले शैलुङ कन्स्ट्रक्सनलाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ ।

बुधबार सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका घरबेटी शारदा प्रसाद अधिकारीको निर्माण कम्पनी शैलुङसहित १० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको जानकारी दिएको हो ।

शैलुङ हाल सारदाप्रसादका छोरा अनुप अधिकारीको नाममा सारिएको छ । सत्ता र शक्तिको आडमा अधिकारीले ठेक्का हत्याउने, त्यसबापतको पेस्की रकम अन्यत्रै लगानी गरेर सडक, पुललगायत सरकारी र सार्वजनिक संरचना निर्माण अलपत्र पार्दै आएका छन् ।

बालाजु–रानीपौवा सडकखण्डको १७.१० किमि सडक स्तरोन्नतिका लागि संयुक्त ठेक्का लिएको भारतीय कन्पनी एआईपीएल र शैलुङ कन्स्ट्रक्सन दुबैलाई कालोसूचीमा राखिएको खरिद अनुगमन कार्यालयले जनाएको छ ।

कालोसूचीमा परेकाले अब दुवै निर्माण कम्पनीले तीन वर्षसम्म नयाँ ठेक्का पाउनेछैनन् । शैलुङलाई सडक सुधार तथा विकास आयोजना निर्देशनलायको सिफारिसमा कालो सूचीमा राखिएको हो ।

उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि अलपत्र अवस्थामा छ । शैलुङले लिएका अधिकांश योजना अलपत्र छन् । काठमाण्डु उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तरगत मेलम्चीको पाइप बिछ्याएपछि तुरुन्तै सडक पिच गर्ने ठेक्का शैलुङसँगै छ ।

करिब ८ वर्षअघि ठेक्का लिएको कमलविनायक–नगरकोट सडकमा पनि शैलुङले प्रतिवद्धताअनुसार काम गरेको छैन । 

प्रतिक्रिया दिनुहोस
Advertisement