रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु

रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित संघीय संसद सचिवालय भवन नम्बर–२ मा रहेको रास्वपाको संसदीय दलको कार्यालयमा सभापति लामिछानेको अध्यक्षतामा सर्वदलीय बैठक सुरु भएको हो ।

बैठकमा नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाही, जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।

त्यस्तै, रास्वपाका उपनेता गणेश पराजुली, महामन्त्री विपिन आचार्य, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी तथा पार्टी प्रवक्ता जगदिश खरेललगायत नेताहरूको पनि उपस्थिति रहेको छ।

बैठकमा बुधबार तिब्बततर्फबाट आएको बाढीले पुर्‍याएको क्षति, उद्वार, राहत र पुनर्स्थापनाका विषयमा छलफल हुनेछ ।