सार्वजनिक बसको अग्रिम टिकट बुकिङ आजैबाट बन्द गर्ने तयारी

सार्वजनिक बसको अग्रिम टिकट बुकिङ आजैबाट बन्द गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

  काठमाण्डु– दसैँलाई लक्षित गरी असोज १२ गते देखि खुलाइएको सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी भएको छ ।

राजमार्गमा पहिरो जाने क्रम नरोकिएको र गाडी चलाउन सक्ने अवस्था नभएको भन्दै टिकटको अग्रिम बुकिङ बन्द गर्ने तयारी गरिएको हो । 

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बैठक बसेर औपचारिक रूपमै अग्रिम टिकट काट्ने व्यवस्था स्थगित गर्न लागिएको जानकारी दिए।

अविरल वर्षासँगै गएको बाढी पहिरोका कारण चार दिनदेखि रोकिएका सवारी साधनहरू सोमबारदेखि गन्तव्यका लागि छुटेको थिए । पृथ्वी राजमार्गमा गएको पहिरोका कारण ती सवारी साधनहरू रोकिएका थिए ।  उनले बीचबाटोमै अलपत्र परेका गाडीका चालक र सहचालकले नै पानी र खाना नपाएको गुनासो आएको बताए।

हिजो २ बजे गएका गाडी स्वयम्भू, कलंकीनागढुंगामै रहेको सिटौलाले बताए । उनका अनुसार आजै सरकार पक्षसँग छलफल गरेर बुकिङ बन्द गर्ने तयारी रहेको छ ।