सर्वेन्द्र खनाललाई बधाई दिंदै डीआईजी खरेलले दिए राजीनामा


काठमाडौं –नेपाल प्रहरीको महानिरीक्षक पदको दावेदार डिआईजी रमेश खरेलले पदबाट राजीनामा दिएका छन् । सरकारले आफ्नो सहब्याची सर्वेन्द खनाललाई महानिरीक्षक (आईजीपी) बनाएपछि असन्तुष्ट खरेलले बुधबार दिउंसो राजीनामा दिएका हुन् ।

राजीनामा दिनुअघि खरेलले फेसबुकमा स्टाटस लेख्दै नवनियुक्त प्रहरी महानिरीक्षक खनाललाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना पनि दिएका छन् । साथै खरेलले २९ वर्षे प्रहरीको सेवा अवधिबाट अलग्गिने निर्णय पनि फेसबुकमार्फत नै घोषणा गरेका छन् ।

खरेलले आफू आईजीपी बन्ने उद्देश्यअनुसार प्रहरी सेवामा लागे पनि सरकारले पद्धति मिचेर त्यसलाई रोकिदिएको गुनासो गरे । ‘म आईजीपी बन्ने मिसनअनुसार लागेको थिए । तर अब ह्युमिलेट भएर काम गर्न सकिंदैन ।’ उनले मुद्दा मामिला नगर्ने र बाहिरै बसेर प्रहरीलाई सघाउने पनि बताए ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको आईजीपीमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको आईजीपीमा शैलेन्द्र खनाललाई नियुक्त गरेको थियो ।आज नै डीआईजी खरेलले प्रहरी प्रधान कार्यालय, नक्सालमा गएर राजीनामा पत्र बुझाएका छन् । नवनियुक्त प्रहरी महानिरीक्षक खनालले भने खरेललाई राजीनामा नदिन बरु मिलेर काम गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement