नागरिकता अध्यादेशविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज


काठमाण्डु- सर्वोच्च अदालतले नागरिकता अध्यादेशविरुद्ध परेकाे रिट खारेज गर्ने फैसला गरेको छ ।

बुधबार कामु प्रधानन्यायाधीश दीपकुमार कार्की, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले नागरिकता अध्यादेशविरुद्ध परेकाे रिट खारेज गर्ने फैसला गरेको हो ।

नागरिकता अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीसहित तीन छुट्टाछुट्टै रिट परेका थिए । उक्त रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाइएको थियो ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ९ जेठ २०७८ मा नागरिकता अध्यादेश ल्याएको थियो । तर सर्वोच्चले २७ जेठमा अध्यादेश कार्यान्वयनमा रोक लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement