क्रिप्टोकरेन्सीको कारोबारलाई मान्यता दिन माग गर्दै सर्वोच्चमा रिट


काठमाण्डु- डिजिटल मुद्रा क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र माइनिङलाई मान्यता दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट निवेदन दर्ता भएको छ ।

अधिवक्तात्रय सागर बराल, कोसिस गिरी र दिपेश ढकालसहित सम्पूर्ण बस्नेत र सौगातराज बरालले रिट दर्ता गराएका हुन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्र बैंकलगायत निकायलाई विपक्षी बनाइएको छ ।

डिजिटल मुद्रालाई कानूनी मान्यता नदिने नेपाल राष्ट्र बैंकको निर्णय खारेज गर्नुपर्ने र डिजिटल मुद्रालाई कानूनी मान्यता दिनुपर्ने माग छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement