काठमाण्डु– सर्वोंच्च अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई थुनामै राख्न आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले खड्कालाई थुनामै राख्न आदेश दिएको हो ।
खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै अदालतले राजस्व अनुसन्धान विभागलाई बिहीबार १२ बजेभित्रमा लिखित जवाफ पेश गर्न र अनुसन्धानको फाइल समेत बुझाउन आदेश दिएको हो।
सम्पत्ति शुद्धीकरणले प्रतिवेदन आन्तरिक राजस्व अनुसन्धान विभागमा पठाएको थियो। आन्तरिक राजस्व अनुसन्धान विभागले फेरि त्यो फाइल राजस्व अनुसन्धान विभागमा पठाएको छ।
गत सोमबार जिल्ला अदालत, ललितपुरले उनलाई थुनामा राख्न अनुमति दिएको थियो।
सर्वोच्चले जिल्ला अदालतलाई समेत खड्कालाई थुनामा राख्नुको कारणसहितको लिखित जवाफ झिकाउन भनेको छ।




प्रतिक्रिया