काठमाण्डु– नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहलाई पक्राउ नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ ।
बुधबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले शाहविरुद्ध जारी भएको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश जारी गरेको हो ।
सांसद शाहले मंगलबार आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी बदरको काम गर्दै गृह मन्त्रालय, कपिलवस्तु जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई विपक्षी बनाएर रिट निवेदन दिएका थिए।
कपिलवस्तु क्षेत्र नं ३ बाट निर्वाचित शाहविरुद्ध कपिलवस्तुको कृष्णनगरमा कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि कुटपिट गरेको आरोप छ।




प्रतिक्रिया