सर्वोच्चमा चुलिएको विवादले बेञ्च नबस्दा १ सय १० वटा पेशी रोकियो


काठमाडौं- सर्वोच्चमा चुलिएको विवादले १ सय १० व वटा पेशी प्रभावित भएको छ ।

कान्तिपुरमाथि अवहेलना मुद्दामा प्रधानन्यायधिस गोपाल पराजुली र न्यायाधीस चोलेन्द्र शमशेर जबराबीचको तनावले आजको पेशी रोकिएको हो ।

मंगलबारको ईजलासमा २ सय ७७ मुद्धाको पेशी तोकिएकोमा ५३ वटा फैसला, २० वटा मुदामा आदेश, ३५ वटा मुद्धामा स्थगित, ७ वटा हेर्न नमिल्ने, ४७ वटा मुद्धा हेर्न नभ्याउने सुचीमा रहेको छ ।  बेञ्च नबस्दा १ सय १० वटा पेशी प्रभावित बनेको छ ।

ईजलास नं १ मा बरिष्ठतम न्यायाधीस दीपकराज जोशी र प्रकाशमान सिंह राउतको ईजलास तोकिएको थियो ।

ईजलास नं ८ मा न्यायाधीस हरिकृष्ण कार्की र सपना मल्ल प्रधानको संयुक्त ईजलास तोकिएको थियो भने ईजलास नं ९ मा विश्वम्भरप्रसाद श्रेष्ठ र अनिलकुमार सिन्हाको संयुक्त ईजलासमा ३८ वटा मुद्धाको पेशी तोकिएको थियो ।

ईजलास नं १० मा ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको ईजलासमा ३१ वटा मुद्धाको पेशी तोकिएको थियो । बेञ्च नबस्दा १ सय १० वटा मुद्धाको पेशी प्रभावित हुन पुगेको हो ।

न्यायाधीसहरु ओमप्रकाश मिश्र, डम्बरबहादुर शाही, दिपककुमार कार्की, टंक मोक्तान केदारप्रसाद चालिसे, शारदाप्रसाद घीमिरे, मिरा खड्का, बमकुमार श्रेष्ठ ईजलास बसेका थिए ।

पेशी तोकिएको मुद्धाका एक साता पछि तोकिने सर्वोच्च प्रशासनले जनाएको छ । एक साता सम्मका लागि पेशी तोकि सकेको हुनाले अर्को साप्ताहिक पेशीमा तोक्न सकिने सर्वोच्च प्रशासनले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement