श्रद्धाञ्जलीका लागि सातैजनाको शव टुँडिखेलमा

श्रद्धाञ्जलीका लागि सातैजनाको शव टुँडिखेलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बुधबार हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई सामूहिक श्रद्धाञ्जली अर्पण गरिँदैछ।

यसअघि हिजो नै श्रद्धाञ्जलीका टुँडिखेलमा राखिने भनिएको भएपनि पोस्टमार्टम कार्य सकिन समय लागेका कारण शव आज (शुक्रबार) बिहान मात्र राखिएको हो । अस्पताल श्रोतले दिएको जानकारी अनुसार राति १ बजे मात्र सम्पूर्ण पोष्टमार्टमको काम सकिएको थियो । हिजो दिउँसो २ बजेदेखि शव परीक्षण र पोष्टमार्टम काम शुरु भएको थियो । अस्पतालले आफन्तको नमूनाको आधारमा शव पहिचान गरेको हो ।

मन्त्री अधिकरीको शव पोखरा लगिनेछ । पोखरामा शवयात्रपछि आजै अन्त्येष्टि गरिनेछ । त्यस्तै दुर्घटनामा ज्यान गुमाएका नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्र कुमार श्रेष्ठ, निर्देशक ई ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका उपसचिव तथा प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका पीएसओ समेत रेहका सुरक्षाकर्मी अर्जुन घिमिरेको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

टिचिङ अस्पतालमा आफन्तलाई शव जिम्मा लगाएपछि प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले यति एयरलायन्सका प्रवन्ध निर्देशक आङछिरिङ शेर्पाको आइतबार अन्तिम संस्कार गरिने जानरकारी दिए ।