सरकारले कतारका लागि नेपाली राजदूत कोइरालालाई फिर्ता बोलायो


काठमाडौं – सरकारले कतारका लागि नेपाली राजदूत रमेश कोइरालालाई फिर्ता बोलाएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजदूत कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिए ।

उनी नेपाली कांग्रेसको कोटामा दुई वर्ष अघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले राजदूत बनाएको थियो । पछिल्लो समय राजदूत कोइरालाको भूमिकालाई लिएर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय असन्तुष्ट रहँदै आएको थियो ।

सन् २०१२ यता कतारमा पठाइएको राजदूतहरुले आफ्नो पूर्ण कार्यकाल बिताउन पाएनन् । यसअघि तत्कालीन सरकारले मायाकुमारी शर्मालाई वर्ष नबित्दै फिर्ता बोलाएको थियो । उनी तत्कालीन माओवादी कोटामा राजदूत बनेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement