सांसदहरु संसदमा उपस्थिति नभएकोमा सभामुख आक्रोसित


काठमाडौँ – सभामुख कृष्णबहादुर महराले संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुको उपस्थितिका बारेमा सदनको ध्यानाकर्षण गराएका छन् ।

सरकारको नीति तथा कार्यक्रम माथिको जारी छलफलमा उनले केही पत्रपत्रिकाले नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थितिका विषयमा कुरा उठाएको हुँदा यसतर्फ सांसदको ध्यानाकर्षण गराएका हुन् ।

सभामुख महराले  प्रतिनिधिसभाको बैठकमा सरकारको प्रतिनिधि समयमा नै उपस्थित हुन पनि ध्यानाकर्षण गराउँदै आजको निर्धारित समयमा बैठक शुरु गर्न सरकारको उपस्थिति खड्किएको बताए । यसैगरी उनले नीति तथा कार्यक्रममाथि आफ्नो भनाइ राख्ने सांसदले निर्धारित सयमभित्र आफ्नो भनाइ राख्न ध्यानाकर्षण समेत गराए ।

प्रतिक्रिया दिनुहोस
Advertisement