सरकारको नीति तथा कार्यक्रम २० वैशाखमा


काठमाडौं – सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम २० वैशाखमा संघीय संसद्मा प्रस्तुत हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् ।

राष्ट्रपतिले संसद्लाई सम्बोधन गर्नेबारे राष्ट्रपतिको कार्यालयबाट पत्र प्राप्त भएको संसद् सचिवालयले जनाएको छ । १५ जेठमा सरकारले नयाँ आर्थिक वर्षको बजेट संसद्मा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संसद्को बजेट अधिवेशन सोमबारबाट प्रारम्भ हुँदै छ ।

संविधानमा प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ । सोहीअनुसार राष्ट्रपति भण्डारीले संसद्लाई सम्बोधन गर्न लागेको सचिवालयका सहप्रवक्ता केशव अर्यालले बताए । यो समाचार आजको नयांपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement