प्रधानमन्त्रीले पानी जहाजको कार्यालय उद्घाटन गर्दै


काठमाडौ – सरकारले पानीजहाजको कार्यालय उद्घाटन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ‘नेपाल पानीजहाज कार्यालय’ उद्घघाटन गर्ने भएका हुन् । ललितपुरको एकान्तकुनामा पानी जहाज कार्यालयको स्थापना गर्न लागिएको हो । प्रधानमन्त्री ओलीले नेपाललाई समुन्द्रसंग जोड्ने घोषणा गर्दा त्यसको आलोचना भएपनि अन्तत सरकारले उक्त योजनालाई अघि बढाएको छ ।

यसअघि मन्त्रिपरिषदको ३० पुसको बैठकले पानीजहाज कार्यालय खोल्ने निर्णय र कर्मचारीको दरबन्दी सिर्जना गर्ने निर्णय गरेको थियो । मन्त्री परिषदले निर्णय गरेको एक महिनापछि सरकारले कार्यालयको औपचारिक रुपमा सञ्चालन आउन लागेको हो । पानीजहाज सञ्चालनका लागि भौतिक योजना, ऊर्जा र उद्योग मन्त्रालयले छुट्टाछुट्टै रुपमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement