शिक्षामन्त्रीको उपस्थितिमा सरकार-शिक्षक वार्ता सुरु

शिक्षामन्त्रीको उपस्थितिमा सरकार-शिक्षक वार्ता सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच वार्ता सुरु भएको । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको उपस्थितिमा सरकार र महासंघका प्रतिनिधिहरुबीच शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको हो ।

मन्त्रालयले शुक्रबार आन्दोलनरत शिक्षक महासंघलाई वार्तामा आउन आव्हान गरेको थियो ।

तत्काल नयाँ शिक्षा ऐन ल्याउनु पर्ने मागसहित विगत २५ दिनदेखि देशैभरिका शिक्षकले काठमाडौँमा दवावमूलक आन्दोलन गर्दै आएका छन्।

शिक्षक आन्दोलनको कारण विद्यार्थी भर्ना अभियानसहित विद्यालय तहका सम्पूर्ण शैक्षिक गतिविधि ठप्प भएको छ। परीक्षा बोर्डले यही वैशाख ११ गतेका लागि तय गरेको कक्षा १२ को वार्षिक परीक्षा पनि शिक्षक आन्दोलनको कारण वैशाख २१ गतेका लागि सारिएको छ।

यसैबीच आन्दोलनरत शिक्षकहरूले सरकारसँगको वार्ता र सडक आन्दोलनलाई सँगसँगै लैजाने भएका छन्।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शनिबार पनि निर्धारित समयमै सडक आन्दोलनमा आउन शिक्षकहरुलाई आह्वान गरेका छन्।