अब नियुक्त हुने कर्मचारीले पेन्सन नपाउने, योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू

अब नियुक्त हुने कर्मचारीले पेन्सन नपाउने, योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ देखि नियुक्त हुने कर्मचारीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ ।

यसअघिका कर्मचारीहरुले पेन्सन तथा उपदान पाइरहेको भए पनि अब नियुक्त हुने कर्मचारीहरुको हकमा भने योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको हो ।

अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरेको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सिर्जना हुने दायित्व नेपाल सरकारले नबेहोर्ने जानकारी गराउन पनि अर्थ मन्त्रालयले अनुरोध गरेको छ ।